काठमाडौं, २६ चैत ।
कोरोना भाइरसको महामारी फैलिन नदिन राज्यले लकडाउन घोषणा गरेको छ । कोरोना भाइरस संक्रमण रोक्नका लागि चिकित्सक र स्वास्थ्यकर्मीले अपनाउनुपर्ने मेडिकल सामग्रीको अभाव छ । तर यही अभावको मौका छोपेर कमाउने धुनमा ३ हजार ५ सयको थर्मोगनलाई १५ हजारदेखि २२ हजार रुपैयाँसम्म बिक्री गर्ने नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा शंकर गु्रुपका संचालक अरबपति ब्यापारी सुलभ अग्रवाल मंगलबार पक्राउ परेका छन् । उनलाई बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्यादथप गरेको छ । उनलाई छुटाउन मंगलबारदेखि नै ब्यापारीहरु सक्रिय भएका छन् ।
राष्ट्र सकंटमा परेको बेला मेडिकल उपकरणमा कालोबजारी गर्ने ब्यापारी अग्रवाल छुटाउन उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड पनि सक्रिय भएका छन् । मारवाडी समुदायले उनीमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीसम्मै पहुँच पु¥याएर अग्रवाल छुटाउने पहल गरेको छ । राज्यमन्त्री दुगड बुधबार बिहानै अग्रवालका बाबु शंकर गोल्यानलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनी करिब १०.३० बजेसम्म बालुवाटारमै प्रधानमन्त्री ओलीलाई भेट्न प्रतीक्षारत थिए । तर प्रधानमन्त्रीलाई भेटे नभेटेको भने स्रोतले पुष्टी गर्न सकेन ।
शंकर गोल्यानका छोरा सुलभ अग्रवाल र साहिल अग्रवाल दुवैले कोरोनाको महामारीका बेलामा मेडिकल आपूर्तिको कालोबजारी गर्दैआएका थिए । सुलभलाई प्रहरीले ग्राहकको भेषमा पक्राउ गर्न सफल भएको थियो । चैत २० मा चीनबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याएको मेडिकल उपकरण नै अग्रवालले कालोबजारीमा बिक्री गर्दैआएका थिए । चैत २२ मा त्रिपृुरेश्वरका विशाल सर्जिकल, तिरुपति सर्जिकल र कृष्ण इन्टरप्राइजेजबाट २२ हजार रुपैयाँसम्म थर्मोगन र ७ सयमा मास्क बिक्री भइरहेको सूचना अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुल थापाकोमा पुग्यो । त्यसपछि अनुसन्धान गर्दै जाँदा प्रहरी कालोबजारीको नाइक सुलभ अग्रवालसम्म पुग्यो । उनीसँग थर्मोगन खरिदको डिल गरी ग्राहक भनेर मंगलबार पक्राउ गर्न सफल भएको थियो । चैत २० मा चीनबाट मेडिकल उपकरण ल्याउन नेपाल वायुसेवा निगमको विमान चार्टर गर्ने चौधरी फाउन्डेसन थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend