Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा रहेका ५ सय ३६ जर्मन र बेलायती नागरिक फर्किए


    बुधबार, चैत्र २६ २०७६
    725
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौ, २५ चैत । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई वटा उडान भएका छन् ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बेलायत र जर्मनीले नेपालमा रहेका आफना नागरिकलाई फिर्ता लगेका छन । दुबै मुलुकले नेपालमा फसेका ५३६ जनालाई स्वदेश फिर्ता गरेका छन ।

     टीटान एयरवेजको जहाजबाट २५२ जना नागरिक बोकेर उडेको छ । यो जहाज कतारको दोहामा इन्धन भरेर लण्डनतर्फ लाग्ने छ । यो बेलायती वायुसेवा कम्पनी हो ।

    बुधबार नै जर्मनीले समेत कतार एयरवेजमार्फत थप नागरिक फिर्ता लगेको छ । जर्मनीले चार्टर्ड गरेको यो जहाजमा २ सय ८२ यात्रु, २ नाबालक नेपालबाट उडेका छन् ।

    उनीहरु धेरैजसो जर्मन नागरिक र केही यूरोपेली यूनियनभित्रका नागरिक रहेको  बताइएको छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्धको मिति निरन्तर बढेसँगै देशहरुले नेपालबाट धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।

    यस क्रममा देशहरुले टिकटको मूल्य यात्रु आफैंले तिर्नेगरी चार्टर्ड उडानको व्यवस्थापन गरिरहेका छन् ।

    यसैबीच, क्यानडाले भने ११ अप्रिलमा आफ्ना नागरिकलाई नेपालबाट फिर्ता लैजाने भएको छ । त्यसका लागि चार्टर्ड उडानको तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार