काठमाडाैँ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालले प्रदान गरिने सेवा सुविधामा नागरिकले परिवर्तनको अनुभूति गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयद्वारा आजदेखि यहाँ आयोजित तीन दिने आव २०७६÷७७ को स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई निजी अस्पतालभन्दा सेवा सुविधा प्रदान गर्ने कार्यमा सरकारी अस्पताल अब्बल रुपमा लाग्नुपर्ने बताउनुभयो ।
मन्त्री घिमिरेले सरकारले लक्षण सहितको कोरोना सङक्रमितको उपचारका लागि विराटनगरमा तीन सय श्ययासहित प्रदेशमा पाँच सय श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले अस्पतालमा उपलब्ध स्वास्थ्य उपकरण प्रयोगका लागि दक्षजनशक्ति उपलब्ध गराउने भन्दै जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीले साझा प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले स्वास्थ्यकर्मीको गत वर्षको जोखिम रकम चाँडै उपलब्ध गराउने जानकारी दिँदै अस्पतालको सेवा विस्तारका लागि औजार खरिद गर्न आवश्यक बजेट नरोक्ने जानकारी दिनुभयो ।
स्वास्थ्य निर्देशनालयका प्रमुख चन्द्रदेव मेहताले जनतालाई स्वास्थ्यसम्बन्धी प्रभावकारी सेवा सुविधा प्रदान गर्न एवं आगामी दिन गुणस्तरीयसेवाका लागि योजना तर्जुमा गर्न गोष्ठीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य निर्देशनालयका डा सुरेश मेहता र डा रवीन्द्र कर्णले स्वास्थ्य बजेट र प्रदेशमा कोरोना सङक्रमणको स्थितिका सम्बन्धमा कार्यपत्रपत्र प्रस्तुत गर्नुभएको थियो ।
तीन दिने उक्त गोष्ठीमा पहिलो दिन अस्पताल, दोस्रो दिन स्वास्थ्य कार्यालय र तेस्रो दिन आयुर्वेद कार्यक्रममा गत वर्ष गरेको कार्य तथा आगामी दिनमा गर्नुपर्ने कार्य, सो कार्यान्वयनमा आइपर्ने समस्या, समाधान आदि विषयमा समीक्षा गरी सुझाव सङ्कलन गरिने भएको छ ।
प्रदेशका १४ जिल्लाका जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, आयुर्वेद कार्यालय, शिक्षण अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend