काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको वर्तमान सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् ।
कोरोना संक्रमणको महामारीको बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पुर्याएकाे भन्दै उनले सरकारको आलोचना गरे ।
गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा आज बिहान काठमाडौंमा भएको कार्यक्रममा नेता सिंहले भने, ‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थीरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेड दिँदा संविधानसभा भंग गर्याे। अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेडअनुसार नेकपा अगाडि बढिरहेको छैन।’
‘बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्ड, यस्ता भ्रष्टाचारै भ्रष्टाचार गरिरहेको छ । प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्छ तर उहाँहरुकै पार्टीका नेताहरु संलग्न भएको घोटालामा उहाँले के गर्नु भएको छ?’ उनले प्रश्न गरे, ‘हामीले स्थीर सरकार दिन्छौँ भन्नु भएको थियो, अहिले ११, १२ पटकसम्म मन्त्रिपरिषद हेरफेर भयो, के स्थीरता यही हो ?’
उनले थपे, ‘त्यतिमात्र होइन कोरोनाको महामारी छ, सरकार न्यूनतम काम समेत हामी गर्न सक्दैनौF भनेर पछि हट्दै गइरहेको छ । यो संकटको समयमा न्यूनतम कामसमेत सरकारले नगर्दा जनता अत्यन्त दुःखी भएका छन् ।’
काठमाडौँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले आजै बिहान ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह अस्पताल पुगेर आफ्नो एक महिना बराबरको तलब अस्पताललाई दिएका छन् । हस्पिटलले आजैबाट कोरना उपचार तथा परीक्षण सुरु गरेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend