Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले बालुवाटार बाेलाए ‘कार्यदल’ का सदस्यहरूलाई


    सोमबार, कार्तिक २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा बनाइएको ६ सदस्यीय कार्यदललाई बालुवाटार बोलाएका छन्।

    यसअघि पार्टी विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा महासचिव विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल नेतृत्वको कार्यदल गठन गरेको थियो। सोही कार्यदलले बुझाएको प्रतिवेदन अनुसार पार्टी विवाद तत्कालका लागि मत्थर भएको थियो।

    अहिले पनि विवाद बढेका समयमा सोही कार्यदललाई सक्रिय बनाउन प्रमले चाहेको बुझिएको छ । यसअघि आफ्नो पक्षमा निर्णय गराउन सहायता गरेकाले पनि कार्यदल ब्यूँताउने प्रयास भएको बताइन्छ । 

    तर कार्यदलमा रहेका सबै सदस्यहरु बालुवाटार जाने/नजाने निधो भैसकेको छैन । पूर्व माओवादी तर्फका पम्फा भुसाल व्यक्तिगत व्यस्ताताका कारण बालुवाटार जान नसक्ने बताइन् । यस्तै  जनार्दन शर्मा खराब स्वास्थ्यका कारण त्यहाँ नजाने बताइएको छ। भीम रावल र सुरेन्द्र पाण्डे भने जाने/नजाने निधो नभैसकेको बताइन्छ । 

    पछिल्लो समय पार्टी सचिवालय बैठकका माग गर्दै कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई दिएको दुई दिने अल्टिमेटम आज सकिँदैछ। तर प्रम ओलीले बैठक बोलाउने कुनै तयारी नगरेको बताइन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार