काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बोलाउन दिइएको म्याद आज सकिँदै छ । दुई दिनको समय दिएर बहुमत सदस्यले दिएको लिखित म्यादको अवधिलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गुजारिदिएका छन् ।
सचिवालय बैठक बोलाउने सामान्य मागमा समेत असहिष्णु बनेको भन्दै ओलीसँग नेकपाका बहुमत सदस्य आक्रोशित बनिरहेका छन् । आक्रोशित सदस्यहरुले ओलीको इगोको कारण विवाद बढेको आरोप समेत लगाइरहेका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुईदिनअघि लिखित माग गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरुले बैठकको माग गर्दै लिखित पत्र बुझाएका थिए । तर ओलीले आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका थिए ।
सचिवालय बैठक बोलाउनुको साटो ओली भने सचिवालयका सदस्यहरुलाई आफ्नो पक्षमा पार्नको लागि प्रयास गरिरहेको बुझिएको छ । केहीदिन अघि धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बसेसँगै अर्थमन्त्री तथा महासचिव विष्णु पौडेलले उपाध्यक्ष वामदेव गौतमका घरमा पुगेका थिए । यसअघि वामदेवले नै प्रचण्ड समूहलाई साथ नदिएपछि ओलीको राजीनामा मागको विषयमा सो समूह लचक बनेको थियो ।
यस्तै आइतबार प्रम ओलीले माधव नेपालसहित चार नेतालाई बालुवाटारमा बोलाइ ३ घण्टासम्म कुराकानी गर्दै फकाउने प्रयास गरेका थिए । तर प्रम ओलीबाट यसअघि पटकपटक धोका पाएको भन्दै दुबै नेताले अन्य प्रस्तावमा कुरा गर्नु भन्दा सचिवालय बैठक बोलाउनेमै जोड दिएको बताइएको छ ।
अब के हुन्छ?
पार्टीका सबै विवादलाई सचिवालयमा छलफल गरौं भन्ने प्रचण्डको प्रस्ताव ओलीले नमानेका कारण लिखित माग गरिएको सो समूहले जनाएका छन्। तर दुई दिनको म्याद आज सकिँदै छ ।
आजका लागि सचिवालय बैठक बोलाउने कुनै तयारी नभएको बालुवाटार स्रोतले बताएको छ ।
अब प्रचण्ड समूहले वैकल्पिक बाटो अपनाउने आँकलन गरिएको छ । यसअघि प्रचण्डलाई कार्यकारी अधिकार दिइएकोले उनले नै एकल निर्णयबाट सचिवालय बैठक बोलाउन सक्ने अवस्था छ । सो बैठकमा गणपूरक संख्या पूरा भएमा सो बैठकको निर्णयले वैधानिकता समेत पाउनेछ ।
तर प्रचण्ड समूह भने तत्कालै कडा कदम लिने पक्षमा नरहेको खुमलटार निकट एक नेकपा नेताले बताए। केही दिन ‘पर्ख र हेर’ को नीति लिने र केही दिनमा ओली विरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारी रहेको समेत ती नेताले दावी गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend