Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङको धार्मिक मेलाः भारतको मस्जिद र कोरियाको चर्च जस्तै कोरोना फैलाउने माध्यम नबनोस्


    बुधबार, चैत्र २६ २०७६
    725
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २६ चैत । सुदूरपश्चिम प्रदेशस्थित बझाङको छविस पाथीभेरामा मंगलबार बान्नीकी चैतेली मेलामा हजारौँ मानिस सहभागी भएपछि त्यस क्षेत्रमा कोरोना संक्रमणको त्रास बढेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको अवस्थामा बान्नीकी चैतेली मेलामा करिब २० हजार सहभागी भएको पत्रकार वीरेन्द्र रावलले बताएका छन् ।

    नेपालमा चैत ४ गतेको कतारबाट आएको विमान र चैत ६ मा दुवईबाट आएका यात्रुमध्ये ५ जनामा कोरोना संक्रमण देखिएकोमा सुदूरपश्चिमको कैलाली र कन्चनपुरमा भारतबाट आएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । यसरी भारतबाट आएकाहरुमा कोरोना संक्रमण देखिइरहेको अवस्थामा मंगलबार बझाङको मेलामा हजारौं सहभागी भएपछि थप त्रास उत्पन्न भएको हो । धार्मिक आस्थासँग जोडिएको उक्त मेला यो बर्ष रोक्नुपर्नेमा स्थानीय प्रशासनले रोक्न नसकेका कारण हजारौं भेला भएका थिए ।  

    भारतको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा फागुन २२ देखि ३० सम्म तबलिगी जमातले आयोजना गरेको धार्मिक भेला(मरकज)मा करिब १७ सय भेला भएपछि त्यहीँबाट कोरोना भाइरस संक्रमण फैलिएको भन्दै भारतभर उक्त जमातको चर्को बिरोध भइरहेको छ । सरकारसँग अनुमति नलिई तबलिगी जमातले उक्त भेला आयोजना गरेको थियो । जुन भेलामा भारतका सबै राज्यबाट सहभागिता थियो भने नेपालका मुस्लिमहरु पनि सहभागी थिए । तबलिगी जमातको उक्त कार्यक्रममा नेपालबाट करिब ४५ जनाभन्दा बढी सहभागी भएको अनुमान छ । तिनीहरुमध्ये १४ जना लुकीछिपी नेपालतर्फ आइरहेको अवस्थामा शनिबार भारतको उत्तरप्रदेशस्थित कुशीनगरमा पक्राउ परेका थिए । उनीहरुलाई भारतीय प्रहरीले क्वारेन्टाइनमा राखेको छ ।

    पाकिस्तानदेखि अरब राष्ट्रका सबै देशका मुस्लिमहरु पनि उक्त भेलामा थिए । भारतको त्यो भेलामा १४ जना कोरोना संक्रमण भएका ब्यक्ति पनि सहभागी भएकाले नै भारतभरमात्र होइन, अरु देशमा पनि फैलिएको भन्दै उक्त जमातको बिरोध भइरहेको छ । भारतमा कोरोना संक्रमण फैलाउने मुख्य दोषी तबलिगी जमातमाथि लागेको छ ।

    दक्षिण कोरियामा चर्चबाट कोरोना फैलिएको थियो । कोरियाको राजधानी सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगु सहरबाट यो भाइरस फैलिएको देखिएको छ । सुरुमा कोरियाभरि शाखा भएको सिन्चेन्जी चर्चको थेगु शाखामा जानेलाई कोरोना देखिएको थियो । संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको पाइएको थियो । 

    थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा कोरोना संक्रमण देखिएपछि कोरियामा फैलिएको थियो । तर कोरियाले स्क्रीनीङलाई ब्यापक बनाएर विनालकडाउन कोरोना संक्रमण कम गर्नमा सफलता पायो । 
    इजरायलमा पनि धर्मगुरुबाटै कोरोना फैलिएको थियो ।      
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार