Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोपमा दुई पक्राउ


    शुक्रबार, फाल्गुन ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय कल बाईपास भीओआईपीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-११ सिद्धेश्वरमार्गबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पर्सा घर भएका विशाल शाह कलवार र रुपन्देही घर भएका इमरान अहमद खान छन् । अन्तर्राष्ट्रिय आगमन कल बाइपास गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनीहरुलाई १२८ पोर्ट क्षमताको डिभाइससहित पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट एनसेलको प्रयोग नभएको सीम कार्ड २०९ वटा, भीओआईपी गेटवे ६४ पोर्टको दुई वटा लगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार