Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


    शुक्रबार, फाल्गुन ११ २०८०
    1.1K
    Shares
    ????????????????????????????????????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हिजो बिहीबारबाट जारी सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शुक्रबार) पनि बस्दैछ । उक्त बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

    आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गरेर खटिनेहरुलाई सम्मान र काममा नजानेहरुलाई कारबाही गर्ने कार्यक्रम छ । उत्कृष्ट र काम नगर्ने तीन÷तीन जनाको नाम सार्वजनिक हुनेछ ।

    साथै पार्टी अध्यक्ष पुष्पकमल दाहालले समसामयिक राजनीतिका बारेमा नेताहरुले उठाएको धारणाको जवाफ दिने कार्यक्रम रहेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार