Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्व एमालेको भेलामा ईश्वर पोखरेलको सम्बोधन


    आइतबार, कार्तिक २३ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादका बीच पूर्व एमालेनिकटको भेलाले तीव्रता पाएको छ । आज बसुन्धरामा काठमाडौंका पूर्व एमालेहरुको भेला भएको हो ।

    जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।

    पूर्व एमाले भेला भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

    केही दिन अगाडि मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संबोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिँदै आएको छ ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार