काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा बस्ने भएको हो ।
संस्थापन समूह र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सहमति जुट्न नसकेपछि शीर्ष नेताहरुको छलफल लम्बिएको हो। केन्द्रीय समिति बैठक अघि नै सहमति गरेर जानको लागि कांग्रेसको बैठक बस्दै आएको हो।
नेता पौडेलसहित २७ जना केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई बुझाएको असहमतिपत्रमाथि लगातार छलफल भएपनि सहमति जुटेको छैन।
सहमतिका लागि भन्दै गत शुक्रबारका लागि तय गरिएको पार्टीको केन्द्रिय कार्यसमिति बैठक पनि भोलिसम्मका लागि सारिएको छ। पौडेलसहितका नेताले सभापतिले एकलौटी ढंगले विभाग बिस्तार गरेको, विधान मिचेको, महाधिवेशन टार्न खोजेको लगायतको आरोप लगाएका छन्।
एकलौटी रुपमा गठन गरेको विभाग खारेज हुनुपर्ने पौडेल समूहको माग छ। तर देउवाले विभाग गठन फिर्ता नहुने र अन्य विषयमा छलफल गर्न आफू तयार रहेको बैठकमा जवाफ दिइसकेकाले सहमति जुट्ने प्रयास न्युन रहेपनि छलफल भने चलिरहेको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend