Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले भने-सचिवालय बैठक बोलाउँदिनँ


    शनिबार, कार्तिक २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, अध्यक्ष ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् ।

    कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए ।

    उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् । प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार