Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीलाई प्रचण्डसहित ५ सचिवालय सदस्यले बुझाए पत्र


    शनिबार, कार्तिक २२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डसहित बालुवाटार पुगेका ५ सचिवालय सदस्यले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाएका छन्। 

    हिजो पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकले शनिवार प्रधानमन्त्री ओलीलाई भेट्न जाने निर्णय गरेको थियो ।

    सोही निर्णयानुसार ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसहितका ५ सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले एक पत्र प्रधानमन्त्रीलाई बुझाउँदै बालुवाटारबाट बाहिरिएका हुन् ।

    पार्टीभित्र विवाद बढ्दै गईरहेको समयमा सचिवालयका ५ नेताहरु आज बैठक बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्न भन्दै बालुवाटार गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार