Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महामन्त्री थापाको एक्लै निर्वाचन लड्ने प्रतिवेदन प्रस्ताव पेस


    मंगलबार, फाल्गुन ८ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै निर्वाचन लड्ने प्रस्ताव गरेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेस गर्दै उनले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने बताएका हुन् ।

    पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउँदै उनले भने, ‘पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभूत गराउनेछौँ । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।’

    महामन्त्री थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिए पनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहिक भावना कांग्रेसमा रहेको जिकिर गरे । उनले तत्कालीन सरकारले पटक पटक असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिति बनेको बताए ।

    यस्तो छ महामन्त्री गगन थापाको प्रस्ताव:-

    congress gagan

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार