Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धम्क्याएर ५० लाख रकम माग्ने दुई जना पक्राउ


    मंगलबार, फाल्गुन ८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धम्क्याएर ५० लाख रकम मागेको आरोपमा दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मच्छेगाउँबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन्।

    उनीहरुको साथबाट नेकपा माओवादीको रसिद बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएर अर्को समूह बनाएको प्रहरीलाई बताएका छन्।

    आरोपीहरुले काठमाडौं उपत्यकामा पकट–पटक फोन गरेर धम्क्याएर ५० लाख रकम मागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार