Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालफेसको समाचारप्रति डीएसपी कुँवरको आपत्ति


    मंगलबार, फाल्गुन ८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवरले नेपालफेस डटकम अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै खण्डन पठाएका छन् । कुँवरले पठाएको खण्डनमा उल्लेख छ–मेरो नाम जोडिएर समाचार प्रकाशित गर्नु भएकोमा मेरो सख्त ध्यानाकर्षण हुन गएको छ ।

    तपाईंहरुले प्रकाशन गरेको समाचारका सम्बन्धमा ६० केजी सुन प्रकरणमा जोडिएका जीवन चलाउने भन्ने ब्यक्तिलाई मैले सी.आई.बी. मा बोलाएको पनि छैन, मैले कागज गरेको पनि छैन र छोडेको पनि छैन, किनकि म सुन अनुसन्धानमा खटिएको प्रहरी अधिकारी पनि हैन र म सी.आई.बी. प्रमुख पनि हैन । सी.आई.बी. का सन्दर्भमा त्यो मेरो हैसियत भन्दा धेरै टाढाको विषय हो । मैले बर्षौदेखि संसारमा लाखौं मानिसहरुलाई चिन्छु होला, भेट भएजति सबै मानिसहरु इमान्दार नै हुन्छन् भन्ने कुराको ग्यारेण्टि मैले कसरी गर्न सक्छु ?

    सबै इमानदार हुनुपर्छ भन्ने सकारात्मक सोच हुनु पर्छ भन्ने मात्र हो । कसैलाई चिन्नु, नजिक हुनु, गाँउठाउँ एउटै हुनु मेरो गल्ती हो भने हरेक मानिसका जिल्लावासी, छिमेकी पनि त संगीन अपराध गरेर कति कारागारमा सजाय भोगिरहेका होलान् । उनले गरेका कार्यमा मेरो कुनै प्रकारको समर्थन र संलग्नता रहेको छैन । कानून भन्दा माथि कोही पनि छैन र कानूनको बर्खिलापमा जाने जुनसकै मानिस कानूनको दायरामा ढिलो चाँडो आउनै पर्छ भन्ने कुरामा म कटिबद्ध छु ।

    कम्तीमा मेरा बारेमा समाचार प्रकाशित गर्नु भन्दा अगाडि मलाई कुनै पनि तरिकाबाट सोध्दै नसोधी, वास्तविकता के हो बुझ्दै नबुझी एकपक्षीय रुपमा मेरो फोटो समेत राखी, पत्रकार आचार संहिताको उपहास हुनेगरी समाचार प्रकाशित भएको र मेरो मानमर्दन हुनेगरी मैले आजसम्म आर्जन गरेको मेरो इज्जत, प्रतिष्ठा र करियरमाथि आँच आउने प्रकारले जुन प्रहार गर्नु भयो त्यो सरासर झुटो, कपोकल्पित तथा नितान्त एकपक्षीय छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार