वीरगन्ज । वीरगञ्जमा दुई समुदायबीच उत्पन्न भएको विवाद सुल्झाउन जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा बसेको सर्वदलीय बैठकले पाँचबुँदे समझदारी गरेको छ। मंगलबार उक्त बैठकले विभिन्न ५ बुँदे सहमति गरेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए ।
उक्त सहमतिअनुसार पहिलो बुँदमा सयौँ वर्षदेखि कायम रहेको दुई समुदायबिचको एकतालाई अझ मजबुत गराइ, एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पर्ने प्रतिबद्धता जनाइएको छ ।
त्यसैगरी दोस्रो बुँदामा एक अर्काको आस्था केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै त्यस्ता स्थानहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्नेरनगराउने, यस किसिमको गतिविधि गर्ने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने उल्लेख छ ।
तेस्रो नम्बरमा जिल्लाभित्र खुलारुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानुनी कारबाहीमा सबैले सहयोग गर्ने उल्लेख छ ।
त्यसैगरी चौथो नम्बरमा भने जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका गतिविधि गर्ने, धार्मिक साम्प्रदायिक र्याली, जुलुस, बन्द हडताल लगायतका गतिविधिहरू कुनै पनि समुदाय संघ संस्थाहरुले नगर्ने सबै दलहरूले सहमति जनाएका छन् ।
अन्तिम नम्बरमा दलहरूले सामाजिक सञ्जालमा कुनै जात धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोस्ट गर्नेरगराउनेलाई प्रशासनले कडा कारबाही गर्ने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले डाकेको आजको सर्वदलीय बैठकमा सांसद प्रदीप यादव, बीरगञ्जका मेयर राजेशमान सिंह, मुस्लिम अगुवाहरू शशी कपुर मियाँ, तबरेज अहम्मद, जफर अन्सारीलगायत प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख तथा सबै राजनीतिक दलका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend