Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीसँग सामूहिक छलफल गर्ने निर्णय गर्दै सकियो प्रचण्डले बोलाएको सचिवालय बैठक


    शुक्रबार, कार्तिक २१ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा सचिवालयका बहुमत सदस्यसहितको सचिवालय बैठक सकिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सो बैठकले शनिबार अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक भेट गर्ने निर्णय गरेको छ । सो भेटमा सचिवालय सदस्यले सचिवालयको औपचारिक बैठक बोलाउन र संकट समाधानमा भूमिका खेल्न आग्रह गर्ने तयारी रहेको छ।

    कार्यकारी अध्यक्ष प्रचण्डसहितका पाँच नेताहरूको शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले भोलि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    ‘कार्यकारी अध्यक्षले औपचारिक बैठक बोलाउन सक्ने भएपनि पार्टी एकतालाई जोगाएर लैजान अनौपचारिक बैठक राख्नुभयो । हामी पाँच जनाले भोलि अर्का अध्यक्ष ओलीलाई सहमतिका आधारमा बैठक राख्नका लागि आग्रह गर्ने सहमति गरेका छौं,’ श्रेष्ठले भने ।

    शुक्रबारको भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार