Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले एकपक्षीय रुपमा सचिवालय बैठक बोलाउँदा नेकपा फुटेको चर्चा !


    शुक्रबार, कार्तिक २१ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । फुटको सँघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको चर्चा चलेको छ । आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका थिए । सो सचिवालय बैठकमा बहुमत सदस्य उपस्थित छन् । 

    कार्यकारी अध्यक्षका हैसियतले उनले सचिवालय बैठक बोलाउन सक्ने व्यवस्था छ । आजको बैठकले कुनै महत्वपूर्ण निर्णय गरेको खण्डमा नेकपा औपचारिक रुपमा फुटेको बुझ्न कठिन नहुने नेकपाका नेताहरु बताइरहेका छन् । 

    आजको बैठकमा अध्यक्ष प्रचण्डसहित, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित छन् । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र उनी निकटका सचिवालय सदस्य उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री तथा पार्टी महासचिव विष्णु पौडेल उपस्थित छन् । 

    यस्तै गृहमन्त्री रामबहादुर थापा बादल पनि अनुपस्थित रहेका छन् । तर थापा अनुपस्थित भएको विषयमा भने अनेक चर्चा चलिरहेको छ । प्रचण्डले ३ बजे सचिवालय बैठक बोलाएको थाहा पाएसँगै दिउँसो १ बजे नै विष्णु पौडेल गृह मन्त्रालय पुगेका थिए । खुमलटारनिकट स्रोतले अनुसार उनी थापालाई सचिवालय बैठकमा जान नदिनका र अल्मल्याउनका लागि त्यहाँ पुगेको आरोप लगाएका छन् । यसअघि प्रचण्डले बोलाएको बैठकमा भने थापा उपस्थित भएका थिए ।  

    यसअघि प्रचण्डले सचिवालय बैठक बोलाउनका लागि प्रम ओलीसँग बारम्बार आग्रह गरेका थिए । तर ओलीले भने बैठकको आवश्यकता नरहेको बताउँदै आएका थिए । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार