Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिले शितलनिवास बोलाइन् वर्षमानलाई


    शुक्रबार, कार्तिक २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा नेता तथा मन्त्री वर्षमान पुनलाई शीतलनिवास बोलाएकी छन्। पुनलाई किन बोलाइएको स्पष्ट नभएपनि नेकपाको विवाद केन्द्रित छलफलकै लागि उनलाई बोलाइएको अनुमान गरिएको छ । 

    पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपतिले सक्रियता बढाएकी छिन् ।  यसअघि भण्डारीले नेकपाको समीकरणमा निर्णायक मानिने नेकपाका नेता बामदेव गौतमलाई शीतल निवास बोलाएर पार्टी एकताका लागि एकजुट हुन आग्रह गरेकी थिइन्।

    नेकपामा विवादले उत्कर्षको रुप लिइरहेका बेला राष्ट्रपति भण्डारीले पूर्वमाओवादी पृष्ठभूमिका नेता पुनलाई पार्टीमा उत्पन्न पछिल्ले परिस्थितिबारे जानकारी लिने उद्देश्यसहित शुक्रबार शीतलनिवास बोलाएकी हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार