Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टीको राजनीतिमा राष्ट्रपति सक्रिय भएपछि रावलको प्रश्न


    शुक्रबार, कार्तिक २१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्वमा राष्ट्रपति विद्यादेवि भण्डारीको सक्रियताबारे भीम रावलले प्रश्न उठाएका छन् । पार्टीको आन्तरिक राजनीतिमा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय बनेको समाचारहरु सार्वजनिक भएपछि रावलले त्यसबारे आपत्ति जनाएका हुन् ।

    केही दिनअघि मात्र राष्ट्रपति भण्डारीले वामदेव गौतमलाई भेटेर पार्टीको आन्तरिक राजनीतिमा चासो राखेकी छन् ।

    शुक्रबार नेता रावलले यही विषयलाई लक्षित गर्दै राष्ट्रपतिको यो कदममा असन्तुष्टि जनाएका हुन् । 

    उनले राष्ट्रपति सक्रिय बनेका हुन् भने त्यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने बताएका छन् ।

     

    bhim.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार