Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लकडाउन उल्लंघन गर्दैै मेलामा हजारौं सहभागी 


    मंगलबार, चैत्र २५ २०७६
    705
    Shares
  • ३ मिनेट पाठ
  • धनगढी, २५ चैत ।

    कोरोना भाइरस संक्रमण हुने डरले देशमा लकडाउन छ । तर लकडाउनको उल्लंघन गर्दै बझाङमा हजारौं मानिस मेलामा सहभागी भएका छन् । बझाङको  छविस पाथीभेरामा मंगलबार हजारौँ मानिस बान्नीकी चैतेली मेलामा सहभागी भएका छन् । जसका कारण सो क्षेत्रमा मात्र नभएर सुदूरपश्चिममै त्रासको वातावरण सिर्जना भएको छ ।

    विश्वभर कोरोना संक्रमणले मानव समुदाय भयभीत भइरहेका बेला सुदूरपश्चिमको बझाङमा कोरोनालाई चुनौती दिँदै मानिस धार्मिक मेलामा सहभागी भएका हुन् । दृष्टिन्यूज डटकमका वीरेन्द्र रावलका अनुसार  सुदूरपश्चिममा सबै भन्दा बढी ३ जनामा कोरोना फेला परेको र भारतबाट १ लाख ३४ हजारको हाराहारीका मानिसहरु विभिन्न नाकाबाट प्रवेश गरेको अवस्थामा मेला आयोजना गरिएको छ । त्यसमाथि धेरैजसो क्वारेन्टाइनमा नबसी सोझै घरमा प्रवेश गरेको अवस्थामा बान्नीकी चैतेली मेलाले सुदूरपश्चिममा कोरोना फैलने त्रास सृजना भएको छ । 

    भारतको दिल्लीस्थित निजामुद्दिन मस्जिदमा तबलिगी जमातले गएको फागुन २२ देखि ३० सम्म आयोजना गरेको धार्मिक भेला(मरकज)का कारण कोरोना फैलिएको छ । जसले गर्दा तबलिगी जमातको भारतभर बिरोध भइरहेको छ । त्यो धार्मिक भेलामा नेपाली मुस्लिम र मौलानाहरु पनि सहभागी भएको कुराले २ नम्बर प्रदेशका सप्तरी, सिरहा, बारा, पर्सा जस्ता जिल्लामा त्रास छ । तर यो भन्दा पनि बढी त्रास मंगलबार भएको बझाङको बान्नीकी चैतेली मेलामा भेला भएकाबाट सृजना भएको छ ।  

    बझाङको पाथीभेरा गाउँपालिका वडा नम्बर–३ स्थित बान्नी चोरमा रहेको बान्नी मस्टा मन्दिरमा सोमबार २० हजारभन्दा बढी मानिस सहभागी भएको अनुमान गरिएको छ । जबकि सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । तर बझाङ प्रशासनले मेला आयोजकलाई रोक्न निर्देशन नदिएकाले ठूलो त्रास सृजना भएको छ । सरकारले एक स्थानीय तहबाट अर्काेमा प्रवेशमा रोक लगाउने, भीडभाड गर्न नदिने र सामाजिक दूरी कायम गर्नेलगायतका सर्तकता अपनाउनका लागि जारी गरेको निर्देशनलाई समेत बझाङमा बेवास्तामात्रै होइन ठाडो चुनाती दिई मेलामा हजारौं सहभागी भएका छन् । 

    सोही स्थानमा १३ दिनअघि तीन सयको हाराहारीमा भाकल गरिएका बोका समेत काटिएको छ । छविस पाथीभेरा गाउँपालिकाको वडानम्बर २, ३, ४ र ५ का मानिसहरु मात्रै सहभागी भएर न्यून उपस्थितिमा मेला गर्ने भनिएको भएतापनि जिल्लाभरीबाट मात्र नभएर गाउँमा भारतबाट समेत मानिसहरु सहभागी भएको बताइएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार