काठमाडौं। भारतले इङ्ल्याण्डलाई ४३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी टेस्ट सिरिजको तेस्रो टेस्टमा भारतले दिएको ५५७ रनको लक्ष्य पछाएको इङल्याण्ड १२२ रन बनाएर अलआउट भएपछि भारत ४३४ रनले विजयी भएको हो ।
दोस्रो इनिंगमा इङल्याण्डको ब्याटिंग ध्वस्त गर्नेक्रममा रविन्द्र जडेजाले ५ विकेट लिएका थिए भने कुलदिप यादवले २ विकेट लिएका थिए । भारतले यस टेस्टको पहिलो इनिंगमा ४४५ रन बनाएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो । पहिलो इनिंगमा १२६ रनको अग्रता बनाएको भारतले दोस्रो इनिंगमा ४३० रन बनाएर इनिंग घोषणा गर्दै इङल्याण्डले ५५७ रनको लक्ष्य पाएको थियो ।
यस टेस्टमा भारतका यशस्वी जैसवालले दोस्रो इनिंगमा २१४ रन बनाएका थिए । योसँगै ५ खेलको टेस्ट सिरिज २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल फेब्रुअरी २३ देखि राँचीमा हुने छ ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend