Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इङल्याण्डको लगातार दोस्रो जित


    सोमबार, भाद्र १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । इङल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

    खेलको चौथो दिन श्रीलंकाले दिएको २०५ रनको लक्ष्य इङल्याण्डले ५ विकेट गुमाएर पुरा गरेको थियो ।

    यस टेस्टमा श्रीलंकाले पहिलो इनिंगमा २३६ रन बनएको थियो भने इङल्याण्डले पहिलो इनिंगमा ३५८ रन बनाएको थियो । त्यसपछि श्रीलंका आफ्नो दोस्रो इनिंगमा ३२६ एन बनाएर आलआउट भएपछि इङल्याण्डले २०५ रनको लक्ष्य पाएको थियो ।

    यो जितपछि ३ खेलको सिरिज इङल्याण्डले २-० ले जितेको छ । अब सिरिजको अन्तिम खेल ओभलमा सेप्टेम्बर ६ देखि हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार