Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य बढ्यो, तोलाको कति ?


    आइतबार, फाल्गुन ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको पहिलो कारोबार दिन आइतबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

    यसदिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आइतबार १ लाख १७ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा मूल्य केही बढेपछि नेपाली बजारमा सोअनुसार समायोजन भएको महासंघले जनाएको छ ।

    त्यस्तै चाँदीको मूल्य पनि केही बढेको छ । अघिल्लो दिन प्रतितोला १४१० रुपैयाँ रहेको चाँदी आइतबार १४३० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार