Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गतेलाई सर्‍यो


    बिहिबार, कार्तिक २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । भोलि (शुक्रवार) बस्ने भनिएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गते सोमवारसम्मका लागि सरेको छ ।

    बिहीवार भएको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा एजेन्डाबारे सहमति नजुटेपछि पार्टी बैठक कात्तिक २४ गतेसम्मका लागि सारिएकाे हाे । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै बैठक सरेकोबारे जानकारी दिएका छन् ।

    विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २१ गते शुक्रवार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २४ गते सोमवार दिनको १ बजे बस्ने भएको छ ।

    सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार