Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरमा गरिएको स्वाब परिक्षणमा २१ जनाको नमूना नेगेटिभ


    मंगलबार, चैत्र २५ २०७६
    620
    Shares
  • २ मिनेट पाठ
  • चितवन, २५ चैत। भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ । उक्त प्रयोगशालाबाट यो पहिलो परिक्षण हो । 

    विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो ।

    प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६ वटा, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एउटा र प्रयोगशालामा नै सङ्कलन गरिएका चारवटा नमूनाको परीक्षण गरिएको हो ।

    भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमूना कोरोना अस्पतालमा पठाउने गर्दछन् । शर्माका अनुसार आजबाट सबै नमूना बिहान १० बजेभित्र कोरोना अस्पतालमा सङ्कलन भई ११ बजेसम्ममा प्रयोगशालामा पुर्‍याएर परीक्षण थालिने छ । पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराइने छ भने अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ ।

    आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार