काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट गर्नुभयो ।
“तपाईँहरु विचार गर्नुहोस् के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले मेरो लागि भनेको होइन, देशका लागि भनेको हो । अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन, म यो ठाउँमा आएको रहरले होइन जनताको आवश्यकताले हो ।”, सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न पछिल्ला विवादतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “म यहाँसम्म आइपुगेको जालजेलबाट होइन, व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुहोस् । सरकार ढाल्न धेरै कोशिश भए, जेमा पनि आलोचना गर्ने प्रवृतिहरु छन् । त्यसबाट प्रभावित नहुनुहोस् । हामी देशको स्थिरताका लागि लड्छौ, स्थिरताका विकासका लागि हो ।”
नेकपाको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले वर्तमान कार्यकाल पूरै अवधि सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने लगायत आन्तरिक विवाद अन्त्य गर्ने निर्णय गरेको थियो । पछिल्ला दिनमा नेकपाको कर्णाली प्रदेश कमिटीमा उत्पन्न विवाद, मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति आदि विषयमा शीर्ष तहमा विवाद भएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend