जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले सरकारकाे निर्णयविरूद्ध अभिब्यक्ति दिएका छन्।
उनले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न रोक लगाउनु संघीयताविरोधी कदम भएको भन्दै सरकारकाे आलाेचना गरेका हुन्।
मन्त्रिपरिषद बैठकले हालै संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टा नेपाल मात्र लेख्ने निर्णय गरेको थियो भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नेपाल मात्र लेख्न मातहतका निकायलाई पत्राचार गरेको थियो ।
बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै नेता यादवले नेपाल मात्रै लेख्नु भनेर पत्राचार गर्नु देश संविधान अनुसार चलाउनुको सट्टा व्यक्तिको इच्छा अनुसार चलाउन खोज्नु भएको बताए । सरकारको निर्णय जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन र शहीदहरुको अपमानका साथै संघीयताविरोधी कदम पनि भएको उनको भनाइ छ । उनले यस्ता निर्णय तुरुन्त सच्याउन सरकारसँग मागसमेत गरेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend