काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा दिँदा देश बर्बादी तर्फ जाने भएकाले राजीनामा नदिने अडान दावी गरेका छन्। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘सञ्चार माध्यममा हल्ला आउँछ राजीनामा दिन पस्यो। तर, तपाईंहरु बिचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ?,’ उनले प्रश्न गर्दै अगाडि भने, ‘मेरो लागि होइन, देशको लागि हो। मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो। त्यसकारण म राजीनामा दिनेवाला छैन।’
उनले आफूले राजीनामा नदिने कुरा पटक पटक दोहोर्याइरहेको समेत बताए।
‘मैले रिपिटेड्ली भन्या छु। फेरि केहीले खोई त राजीनामा भन्दै मागिरहेका छन् भन्ने सुन्छु है। तयारी गर्दै छन्। यो तयारी अन्तिममा के हुनेछ? केही पनि हुनेवाला छैन,’ ओलीले भने।
उनले आफ्नो रहरले प्रधानमन्त्री नभएको भन्दै जनताको आवश्यकता र समर्थनले भएको ठोकुवा गरे।
‘यहाँ पुर्याएको म जालझेल तिकड्मबाट होइन। यहाँ पुगेको ब्यापक जन समर्थनबाट हो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुस्। यो सरकार यस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि।’
उनले आफूलाई हटाउन धेरै प्रयासहरु भइरहेको संकेत पनि गरे।
‘धेरैले धेरैपल्ट धेरै प्रकारका कोसिसहरु गरे। भित्र बाहिर अनेकथरीका कोसिसहरु आए। जे मा पनि आलोचना गर्ने त्यसप्रकारका प्रवृतिहरु छन्। त्यसबाट प्रभावित नहोउँ। केही केहीको यो अस्थिरताको खेती धेरै गर्ने, देशलाई अस्थिरता तर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदत छ कि? एडिक्ट भएका छन् कोही। यस्तो एडिक्सनलाई म के भनुँ। तर देशमा स्थिरताका लागि हामी काम गर्छौँ। स्थिरता विकासका लागि हो। जनताको जीवनमा परिवर्तनका लागि हो,’ उनले कोभिडसँगको लडाइ जित्नेसमेत दाबी गरे।
यसअघि पनि उनले यस्तै गरी विरोधाभाषपूर्ण अभिव्यक्ति दिएका थिए।
भारतले आफूलाई हटाउन खोजेको र यो खेलमा नेपालका नेताहरु पनि लागेको अभिव्यक्ति दिएका थिए।
मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले गरेको कार्यक्रममा उनले भनेका थिए- ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता/१५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ। भारतका मिडिया सुन्नु भएको होला, भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला। कसरी भारतको राज्य संयन्त्र सक्रिय छ।’
उनको यो अभिव्यक्तिलाई लिएर सत्तारुढ दलभित्र चर्को आलोचना भएको थियो। स्थायी कमिटीको बैठकमै उनले आत्मालोचना गर्नुपर्ने वा हटाउन सक्रिय भारतीय दूतावाससँग स्पष्टिकरण सोध्न आवाज उठेको थियो।
पछिल्लो समय नेकपाको विवाद बढ्दै गएको छ । प्रम ओलीले पार्टीका अर्का अध्यक्षलाई पार्टी फुटाउने प्रस्ताव समेत गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend