बुटवल, २५ चैत। तिलोत्तमा नगरपालिका २ का एक सय २० विपन्न परिवारलाई स्थानीय नवज्योति क्लबले खाद्यान्न बाँडेको छ । लकडाउनका कारण काम गर्न नपाउँदा छाक टार्न समस्या भएका परिवारलाई क्लबले खाद्यान्न बाडेको हो ।
वडाका जनप्रतिनिधि र नगरपालिकाको समन्वयमा प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल, आधा लिटर तेल र एक किलो नुनको प्याकेट बनाएर बाँडिएको हो ।
क्लबका अध्यक्ष दिपेश कंडेलले स्थानीय उद्योगी तथा व्यवसायीबाट संकलन गरिएको रकमबाट किनेको खाद्यान्न स्थानीय बासिन्दा र बहालमा बसेका विपन्न परिवारलाई बाँडिएको बताए ।
कोभिड १९ को जोखिमलाई मध्यनजर गरी कम्तीमा तीन फिट दुरी फरकमा खाद्यान्नका प्याकेटहरु राखेर भिड नगरी पालैपालो वितरण गरिएको स्थानीय युवा अगुवा विदुर केसीले बताए ।