Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुनचाँदीको भाउ


    बिहिबार, माघ २५ २०८०
    1.1K
    Shares
    Creative abstract business success, financial growth, banking, accounting and stock exchange trade market corporate concept: stack of shiny gold ingots, bars or bullions isolated on white background
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ। नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा बुधबारकाे तुलनामा आज बिहीबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । बिहीबार सुनको भाउ २०० रूपैयाँ घटेको हो। यसअघि बुधबार सुन प्रतितोला ६०० रूपैयाँ बढेको थियो ।

    महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

    बुधबार चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेको हो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार