Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाकिस्तानमा निर्वाचनः पूर्वप्रधानमन्त्री इमरान खानले जेलबाटै हुलाकमार्फत भोट हाले


    बिहिबार, माघ २५ २०८०
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • इस्लामबाद । जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले मतदान गरेका छन् । पाकिस्तानी समाचार संस्था डान न्युजका अनुसार पुर्व प्रधानमन्त्री खानले हुलाक मतपत्रबाट भोट गरेका हुन ।

    पूर्व प्रधानमन्त्री इमरान खान र अन्य प्रमुख कैदी राजनीतिक व्यक्तित्वहरूले अडियाला जेलबाट हुलाक मतपत्र मार्फत मतदान गरेका सो मिडियाले जनाएको छ ।

    हुलाक मार्फत मतदान गर्ने अन्य राजनीतिक नेताहरूमा पूर्व विदेशमन्त्री शाह महमूद कुरैशी, पञ्जाबका पूर्व मुख्यमन्त्री चौधरी परवेज इलाही, अवामी मुस्लिम लिगका प्रमुख शेख राशिद र पूर्व सूचना मन्त्री फवाद चौधरीसमेत रहेका छन ।

    तर, हुलाक भोटिङ प्रक्रिया पूरा भएको अवस्था खानकी श्रीमती बुशरा बिबी दोषी ठहर भई पक्राउ परे पछि मतदानमा सहभागी हुन कानुनतः पाइनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार