Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पदम गिरी भन्छन्- पोखरा–भैरहवा विमानस्थल चलाउँदा भारत रिसाउँछ भन्ने डरमा सरकार छ    


    बुधबार, माघ २४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकार असफल हुँदा वर्तमान राजनीतिक व्यवस्थामाथि प्रहार भएको उल्लेख गरेका छन् ।

    उनले वर्तमान सरकार सुशासनभन्दा पनि तस्करीमा लागेको आरोप लगाए ।

    बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार असफल हुनु भनेको व्यवस्था असफल भएको भन्न नमिल्ने उल्लेख गरे । उनले व्यवस्थाभन्दा पनि सरकारको विकल्प खोज्ने समय आएको जानकारी दिए ।

    “आम जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति वितृष्णा बढेको छ । सरकारको अर्कमण्यताको कारण व्यवस्थाको कुप्रचार भएको छ । यो व्यवस्थाको असफलता हैन भन्न चाहन्छु । यहीभित्र समस्याको समाधान खोज्नुपर्छ,” उनले भने ।

    प्रमुख सचेतक गिरीले सरकारका कारणले राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको र राज्यको अरबौँ रूपैयाँ के हुन्छ भन्दै चिन्ता व्यक्त गरे ।

    “गाउँ–गाउँमा खानेपानी आयोजनालाई सरकारले बजेट नदिँदा ट्यांकी फुटेका छन् । विद्यालय र आधारभुत अस्पताल सरकारले दायित्व भुक्तानी नगर्दा अलपत्र अवस्थामा पुगेको छ,” उनले भने ।

    आफ्नो दलको अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम वर्तमान सरकारले अलपत्र पारेको भन्दै उनले आक्रोश पोखे ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता कार्यक्रम वर्तमान सरकाले अलपत्र पार्दिदा किसान कृषि क्षेत्रमा केही गर्छौँ भन्ने आत्मविश्वास गुमेको उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार