Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दक्षिण कोरिया स्तब्ध, जितसँगै जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा


    बुधबार, माघ २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एसियन कपको फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो । जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए ।

    जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो । योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार