Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्पर्स एफए कपको चौथो चरणमा प्रवेश


    शनिबार, पुष २१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बर्नलीलाई हराउँदै टोटनह्याम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खेलमा पेड्रो पोरोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

    एसियन कप खेल्न आफ्नो देश फर्किएका कप्तान सन ह्युङ मिनबिना मैदानमा उत्रेको स्पर्सले गोलका लागि थुप्रै अवसर गुमाएको थियो । ७८ औँ मिनेटमा पोरोले गोल गर्दै टोलीलाई जीत दिलाए ।

    उनले २५ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । स्पोर्टिङ लिसबनबाट स्पर्स आए यता उनको यो पहिलो गोल थियो । अब प्रतियोगिताको चौथो चरणका लागि ड्र सोमबार जनवरी ८ मा हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार