बाँयातिर तीर्थराज खनाल र दायाँतर्फ विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकारका हरेक कदममा तुरुन्त प्रतिक्रिया दिने र सामाजिक संजालमा पनि उत्तिकै सक्रिय नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा केही दिनदेखि मिडियामा देखिएका छैनन् । प्रवक्ता शर्मा एक सातादेखि अमेरिका सयरमा भएकाले उनी नदेखिएका हुन् ।
शर्मालाई अमेरिका घुमाउने चाँजोपाँजो नेपाल सरकारका उपसचिव तीर्थराज खनालले गरेका छन् । खनालले शर्मालाई हरतरहका सहयोग गर्दैआएका छन् । चुनावमा आर्थिक स्रोत जुटाउनेदेखि विदेश घुमाउनेसम्म खनालले नै गर्ने गरेका छन् । खनाल शर्माका अति निकट मानिन्छन् ।
देश कोरोना महामारीमा छ । प्रतिपक्षी दलको प्रवक्ता भएकाले शर्माले सत्तापक्ष नेकपालाई जिम्मेवार नभएको आरोप लगाउँदैआएका छन् । तर उनी भने जनता कोरोना महामारीमा जुधिरहँदा विदेश सयरमा रमाइरहँदा उनी कति जिम्मेवार भए त भन्ने प्रश्न उठेको छ ।
खनाल पनि झापाका हुन् । खनाल हक्की स्वभावका उपसचिव हुन् । खनालले नै प्रवक्ता शर्मालाई अमेरिका घुमाइको ब्यवस्थापन गरेका छन् ।राजस्व अनुसन्धान विभागमा भरत सुवेदी निर्देशक हुँदा खनाल पनि कार्यरत थिए ।
खनाल र सुवेदीबीच त्यतिबेला ठूलै विवाद पनि भएको थियो । भरत सुवेदी राजस्व समूहका डनका रुपमा चिनिएका थिए । उनले उपसचिव भएर पनि सशस्त्र प्रहरीलाई बडीगार्ड राखेर ब्यापारीकोमा छापा हान्न जाने गर्थे । भरत सुवेदीले लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा खनालका बिरुद्ध उजुरी हालेर दिनुसम्म दुःख पनि दिएका थिए । त्यसो त खनाल बैदेशिक रोजगार विभाग, राजस्व अनुसन्धान विभाग, यातायात ब्यवस्था विभाग जस्ता आकर्षक कार्यालयमा बसी कुस्त कमाउने उपसचिवभित्रै पर्दछन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend