पाल्पा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने टिप्पणी गरेका छन्।
एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उनले भने, ‘कि अपडेट हुन सक्नुपर्छ। कि आउटडेटेड हुनुपर्छ।’
पुरानो सोचका आधारमा नेता बन्न सक्ने अवस्था नरहेको उनले बताए। मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले रहेको भन्दै पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्ने उनले बताए।
‘पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ। यिनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेका छन्। अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेका छन्’, उनले थपे ‘व्यक्ति समयअनुसार परिवर्तन हुनुपर्छ। आधुनिकतासँगै घुलमिल हुने क्षमता वृद्धि गर्नेतर्फ लाग्नुपर्छ। समय सापेक्ष बन्न नसके अब जनताले विश्वास गर्दैनन्।’
अब एमाले पार्टीको नेतृत्व गर्न वा कुनै पनि निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न पार्टीले परीक्षा लिने उनले बताए।
‘उर्तीण नभए टिकट पाउँदैन। आधारभूत पाठ्यक्रम निर्माण गरेर आवश्यकताअनुसार परीक्षा लिइनेछ। स्थानीय तहका लागि आधारभूत, प्रदेशका लागि माध्यमिक र केन्द्रीयका लागि उच्च माविस्तरको परीक्षा सञ्चालन हुनेछ। नेतालाई स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालन गर्ने क्षमता अभिवृद्धिका लागि पार्टीले अहिले प्रशिक्षण सञ्चालन गरिरहेको छ। पार्टीले आगामी दिनमा पाठ्यक्रम निर्माण गरेर नियमित परीक्षा लिने योजना रहेको छ’, उनले भने, ‘आफूले राजनीति के का लागि गरेको हो? कसका लागि गरेको हो? निर्वाचित भएपछि जनता, समाज, राष्ट्रका लागि के गर्न सक्छु? भन्ने कुनै योजना निर्माण गर्न नसक्ने व्यक्तिले पार्टीको हितमा काम गर्न सक्दैन। विगतमा कार्यकर्ता भेला गरेर भाषण मात्रै गर्ने चलन थियो। अहिले आफ्नो योजनाबारे जनतालाई स्पष्ट पार्न सक्नुपर्छ।’
तीन दिनसम्म कक्षा नै सञ्चालन गरेर पार्टीको नीति, सिद्धान्त, विचार, सरकारमा नेतृत्व लिएपछि के गर्दा जनता, राष्ट्र र राष्ट्रियताको हितमा काम गर्न सकिन्छ? भन्नेबारे स्थानीय तहका नेतालाई समेत पढाउने काम भइरहेको उपमहासचिव ज्ञवालीले बताए।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend