काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । तर, माओवादी केन्द्र सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने उनको भनाइ छ ।
आजको संसदीय दलको बैठकमा उनले गठबन्धनमा हुने निर्णयानुसार नै अघि बढ्ने जानकारी गराएका हुन् । माओवादीको संसदीय दलको बैठक सोमबार पनि बसेको थियो ।
“राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ । केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले हाम्रो दाबी स्वाभाविक रहन्छ । तर, साझेदार दलको सहमतिकै आधारमा गरिन्छ । गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ,” अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।
राष्ट्रियसभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल फागुन २० गते सकिँदै छ । उनको स्थानमा रिक्त हुने सदस्य पदका निम्ति उपनिर्वाचन पनि भइसकेको छ ।
राष्ट्रियसभा अध्यक्ष चयन गर्न राष्ट्रियसभा सदस्यबीच मतदान हुनेछ । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आकांक्षी छन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend