Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा अध्यक्षमा माओवादीको पनि दाबी


    मंगलबार, माघ २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन् । तर, माओवादी केन्द्र सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने उनको भनाइ छ ।

    आजको संसदीय दलको बैठकमा उनले गठबन्धनमा हुने निर्णयानुसार नै अघि बढ्ने जानकारी गराएका हुन् । माओवादीको संसदीय दलको बैठक सोमबार पनि बसेको थियो ।

    “राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी रहन्छ । केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले हाम्रो दाबी स्वाभाविक रहन्छ । तर, साझेदार दलको सहमतिकै आधारमा गरिन्छ । गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ,” अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

    राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।

    राष्ट्रियसभाका वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको कार्यकाल फागुन २० गते सकिँदै छ । उनको स्थानमा रिक्त हुने सदस्य पदका निम्ति उपनिर्वाचन पनि भइसकेको छ ।

    राष्ट्रियसभा अध्यक्ष चयन गर्न राष्ट्रियसभा सदस्यबीच मतदान हुनेछ । राष्ट्रियसभा अध्यक्षमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आकांक्षी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार