Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इच्छाराज तामाङलाई ३ वर्ष र श्रीमतीलाई डेढ वर्ष कैद सजाय


    आइतबार, माघ २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं ।  सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद सजाय भएको छ । आइतबार विशेष अदालतले सजाय निर्धारण गर्दै ३ वर्ष कैदको फैसला सुनाएको हो ।

    यस्तै अदालतले उनलाई १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना समेत तोकेको छ ।

    तामाङकी श्रीमती श्रीजना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र बिगो बराबरको जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय सुनाइएकाे छ ।

    अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठलाई २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ ३७ पैसा बिगो, बिगो बराबर जरिवाना तथा एक वर्ष ६ महिना जेल सजाय भएको छ ।

    इच्छाराज तामाङ, श्रृजना र छोरीहरु प्रतीक्षा र प्रतिष्ठा तथा केशव र मिना श्रेष्ठको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसला भएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार