Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दैनिक २० हजार बोत्तल स्यानिटाइजरको बिक्री गर्दै औषधि लिमिटेड


    मंगलबार, चैत्र २५ २०७६
    745
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २५ चैत। नेपाल औषधी लिमिटेडले स्यानीटाइजरको बिक्री थालनी  गरेको छ । लिमिटेडले  विश्व स्वस्थ्य संगठनको मापदण्डमा रहेर बजारमा दैनिक २० हजार बोत्तल स्यानिटाइजरको बिक्री सुरु गर्न थालेको हो ।  

    लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री रत्न बज्राचार्यले बजारको अभाव चिर्न उच्च गुणस्तरको स्यानिटाइजर उत्पादन गरेर बजारीकरण सुरु गरिएको बताएका छन । 

    उनले भने, बजारमा स्यानिटाइजरको अभाव देखिएपछि लकडाउन अवधिमा पनि मेहनेतसाथ कच्चा पदार्थ खोजेर स्यानीटाइजर बनाइएका छाँै ।

    विदेशबाट आयात भएका स्यानिटाइजरको कालोबजारी सुरु भएपछि नेपाल औषधी लिमिटेडले उद्योग मन्त्रालय र औषधी व्यवस्था विभागसँग छलफल गरेर उत्पादन थालेको उनले उल्लेख गरे ।

    स्यानिटाइजरको मुख्य कच्चा पदार्थ अल्कोहल बाराको रिलायन्स सुगर मिल्सबाट खरिद गरिएको लिमिटेडले जनाएको छ । पहिलो चरणमा कम्पनीले १० हजार लिटर अल्कोहल खरीद गरेको र अझै खरिद गरिने लिमिटेडले जनाएको छ ।

    लिमिटेडले उत्पादन गरेको स्यानिटाइजरमा अल्कोहल ८० प्रतिशत, पानी १८ प्रतिशत बाँकी ग्लीसिरिन तथा डिस्टिल वाटरको प्रयोग गरिएको छ ।

    आइतबारदेखि एक सय एमएलको बोत्तलमा दैनिक २० हजार बोत्तल स्यानिटाइजर उत्पादन भइरहेको उनले बताए ।

    एकसय एमएलको बोत्तलको होलसेल मूल्य १५० रुपैयाँ र खुद्रा बिक्री मूल्य १७५ रुपैयाँ तोकिएको छ । त्यस्तै ठूलो जार, भाँडोमा वा ग्यालिनमा लानेहरुका लागि प्रतिलिटर १२ सय ५० रुपैयाँका दरले बिक्री सुरु गरिएको उनले बताए ।

    बरबरमहलमा रहेको प्रधान कार्यालयबाट सर्वसाधारणले पनि चाहेजति स्यानीटाइजर किन्न सक्ने लिमिटेडले जनाएको छ । दैनिक एक सय कर्मचारी स्यानिटाइजर उत्पादनमा खटेको र बजारमा स्यानिटाइजरको कुनै अभाव हुन नदिने बज्राचार्यको दाबी छ ।

    नेपाली सेनाले मात्रै एकै दिन २५० लिटर स्यानिटाइजर माग गरेको र अन्य सरकारी कार्यालयबाट पनि माग भएको निमित्त महाप्रबन्धक बज्राचार्यले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार