Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पूर्वसमूहको समीकरणले नेकपा विभाजनको खतरामा : ईश्वर पोखरेल


    सोमबार, कार्तिक १७ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वसमूहको समीकरण बनाएको आरोप लगाएका छन् । 

    नेकपाको राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट रहेका पोखरेलले ट्विटमार्फत् नेकपाको समस्या नै पूर्वसमूहको समीकरण बनाउनु रहेको बताएका हुन् । ‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, उनको ट्विटमा उल्लेख छ । 

    प्रम ओलीले पार्टी फुटाउने प्रस्ताव नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राखेको खबर बाहिरिएसँगै उनको यो ट्विट आएको हो । 

    उनले व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गर्न खोजिएको भन्दै उनले यसको विरोध गर्दै एकता जोगाउन पनि आह्वान गरेका छन् । 

    पछिल्लो समय ओली समूहबाट सामाजिक सञ्जालमा गतिविधि बढाउँदै गएको पाइएको छ । आइतबार मात्रै ओली निकटका पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता संकटमा परेको भन्दै ट्विट गरेका थिए । 
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार