Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चिकित्साकर्मीले सुरक्षा सामग्रीविना काम गर्नुपर्ने छैनः मन्त्री ढकाल


    मंगलबार, चैत्र २५ २०७६
    825
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, २५ चैत । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस (कोभिड १९) को महामारीको परिस्थतिमा सम्पूर्ण चिकित्साकर्मीको महत्त्व बढेको भन्दै महामारीका रुपमा रहेको कोरोनाविरुद्ध अग्र मोर्चामा रहेर दिएको अमूल्य योगदानको उच्च मूल्यांकन रहेको बताएका छन् ।

     विश्व स्वास्थ्य दिवस २०२० को अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै मन्त्री ढकालले कोरोना भाइरससरकारले चिकित्साकर्मीलाई सुरक्षा सामग्रीबिना काम गर्ने वातावरणको अन्त्य गर्ने बताएका छन् । 

    त्यस अवसरमा उनले  यस्तो अवस्थामा खटिने चिकित्साकर्मीलाई बिमा लगायत अतिरिक्त सेवा प्रदान गरेको भन्दै उनले विषम परिस्थितिमा लकडाउनको विकल्प नभएको भन्दै सयमा साथ दिन सवैलाई आाग्रह गरेका छन् । 

    हाल नेपाल कोभिड १९ को दोस्रो चराणमा प्रवेश गरेको र अझै थप संक्रमण फैलन निदन आम जनसमुदाय, तीनै तहका सरकार र सरोकारवालाहरुलाई थकाई नमारी निरन्तर खट्न पनि मन्त्री ढकालले अपिल गरेका छन् । 
    उनले कोरोना संक्रमित विरामीको उपचार व्यवस्थाका लागि सरकारले देशका विभिन्न स्थानमा अस्पताल र स्वास्थ्यकर्मीको व्यवस्था गरेको र त्यसमा कुनै कमि हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार