काठमाडौँ । यो सातामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत साताको शुक्रबारको तुलनामा १ हजार ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको छ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा तोलामा १ हजार ५०० रुपैयाँ बढेको महासङ्घले जानकारी दिएको हो ।
महासङ्घका अनुसार यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । यो साताको आइतबार स्थिर रहेको सुनको मूल्य त्यसयता भने निरन्तररुपमा बढेको थियो ।
यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ । महासङ्घका अनुसार यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर कारोबारमा आएको जनाइएको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
काठमाडौँ । नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याइएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend