Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एनआरएनको कृषि प्रबद्र्धन समितिमा घिमिरे र थापा मनोनीत


    मंगलबार, चैत्र २५ २०७६
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २५ चैत । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले कृषि प्रबद्र्धन समितिको अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ ।

    एनआरएनएको आइतबार सम्पन्न सातौं बैठकले क्यानडामा बस्दैआएका खाद्य विज्ञ नारायण घिमिरेलाई समितिको अध्यक्ष र जापान बस्ने कपिलदेव थापालाई उपाध्यक्षमा मनोनित गरेको हो । लामो समयदेखि संघमा क्रियाशील समाजसेवी थापाले नेपालमा धेरै काम गर्नुभएको छ । कृषि प्रबद्र्धन समिति एनआरएनएको महत्वपूर्ण मानिन्छ । यसअघि पनि थापाले यो समितिको उपाध्यक्षका रुपमा काम गरिसक्नुभएको हो ।

    अध्यक्ष र उपाध्यक्ष गरी २१ भन्दा बढी संख्या नहुने गरी पुराना अनुभव तथा सुझाव युवराज गुरुङबाट लिने गरी समितिको पूर्णता एव योजना निर्माणको जिम्मेवारी पनि संघले उनीहरुलाई सुम्पेको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार