Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • यसकारण रोकियो कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन


    आइतबार, कार्तिक १६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन प्रक्रिया रोकिएको छ । यसअघि आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी भएपनि अन्तिम समयमा यो प्रक्रिया रोकिएको हो । 

    आजका लागि मन्त्रिमण्डल पुनर्गठनको तयारी भएपनि रोकिनुको मुलकारण भने नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको थाहा भएको छ । दाहालले मन्त्रिपरिषद् पुनर्गठन केही दिन पछि सार्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएपछि आइतबार हुने भनिएको कर्णाली सरकार पुनर्गठन रोकिएको हो । 

    प्रम ओलीनिकट दुई मन्त्री दल रावल र नन्दसिंह बुढालाई मुख्यमन्त्री शाहीले राजीनामा गर्न भनिसकेका थिए । एक मन्त्रालय पहिले नै खाली भएकाले उनले वरिष्ठ नेता माधव नेपालनिकटका सांसदहरू चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउने तयारी गरेका थिए । 

    सो घटनाबारे खबर बाहिरिएसँगै केन्द्रमा तरंग आएको थियो । प्रम ओलीले यो प्रक्रिया रोक्नका लागि प्रचण्डलाई आग्रह गरेको नेकपा निकट स्रोतको दावी छ । सोहीकारण अहिलेका लागि मन्त्रिमण्डल पुनर्गठन रोकिएपनि यी विषयमा कुरा गर्नका लागि सचिवालय बैठक बोलाउनु पर्ने प्रचण्डले बताएका थिए । 

    सचिवालय बैठकमा कर्णाली विवाद, संघीय सरकार पुनर्गठन, भारतीय खुफिया एजेन्सी रअका प्रमुखको नेपाल भ्रमण, पार्टीका निर्णय कार्यान्वयनको स्थिति र पर्सा घटनाबारे छलफल गर्नेगरी बैठक बोलाउनका लागि प्रचण्डले भनेको खुमलटार स्रोतले बताएको छ ।   

    यसअघि २५ असोजमा प्रम ओलीनिकटका सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । सो प्रस्ताव बहुमतद्वारा अस्विकृत भएको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार