Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शीर्ष नेताहरुबीच संवाद हुन छोडेपछि विष्णु पौडेलको आयो यस्तो भनाई


    आइतबार, कार्तिक १६ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा यतिबेला गम्भीर संकट आएको छ । ठूलो तामझामका साथ पार्टी एकता गरेर बलियो कम्युनिष्ट पार्टी बनेको नेकपामा सत्ता र शक्तिको खेलको कारण संकट आएको बुझिएको छ । 

    नेकपाको संकटको संकेत महासचिव विष्णु पौडेलको भनाईबाट स्पष्ट भएको छ । आज फेसबुकमा एक पोष्ट राख्दै अर्थ मन्त्री समेत रहेका पौडेलले पार्टीको संकटको बारेमा आफ्नो भनाई राखेका हुन् । 

    पछिल्लो समय नेकपाका दुई अध्यक्षबीच संवाद पनि हुन छोडेको छ । जतिसुकै संवाद गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी निर्णय गर्ने क्रम नरोकिएपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार जानै छोडेका हुन् । उनलाई बालुवाटार नजान पार्टीका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले समेत सल्लाह दिएको बताइएको छ । 

    यही परिप्रेक्ष्यमा पौडेलको भनाई आएको बुझिएको छ । पौडेलले आफ्नो पार्टीको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्। उनले पार्टी एकताका संकटमा पुग्न लागेको संकेत हुन्। 

    उनले पार्टी एकताको रक्षाका लागि योगदान दिन नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन्। 

    ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकृत र अविभाज्य अस्तित्वका सामू गम्भीर संकट उत्पन्न भएको छ,’ उनले लेखेका छन्, ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’

     

    bishnu.jpg

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार