Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आज सुन-चाँदीको मूल्य बढ्यो


    मंगलबार, माघ १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको जानकारी दिएको छ । मंगलबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो। यसअघि सोमबार पनि प्रतितोला ३०० रूपैयाँले बढेको थियो ।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १४ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार