Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • प्यालेस्टाइनलाई हराउँदै आयोजक कतार पुग्यो क्वाटरफाइनलमा


    मंगलबार, माघ १६ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आयोजक कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा पुगेको छ।

    गएराति प्यालेस्टाइनलाई २–१ गोलले पराजित गर्दै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

    ३७औँ मिनेटमा ओडे दब्बाघको गोलबाट प्यालेस्टाइनले अग्रता लिए पनि कतार पहिलो हाफमै गोल गर्दै खेल बराबरी गर्न सफल भयो।

    कतारका तर्फबाट इन्ज्युरी समयको छैटौँ मिनेटमा हसन अल हेयदसले गोल गरेका थिए।

    ४९औँ मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै आक्राम अफिफले गरेका गोल नै कतारको जितका लागि निर्णायक भयो।

    यसैबीच एसियन कपमा आज दुई प्रि क्वाटरफाइनलका खेल हुनेछन्।

    नेपाली समय‌ानुसार साँझ ५:१५ बजे उज्वेकिस्तान र थाइल्यान्ड भिड्ने भएका हुन्।

    यस्तै राति ९:४५ बजे साउदी अरेबिया र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दै छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार