काठमाडौँ। आयोजक कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा पुगेको छ।
गएराति प्यालेस्टाइनलाई २–१ गोलले पराजित गर्दै घरेलु टोली कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको हो।
३७औँ मिनेटमा ओडे दब्बाघको गोलबाट प्यालेस्टाइनले अग्रता लिए पनि कतार पहिलो हाफमै गोल गर्दै खेल बराबरी गर्न सफल भयो।
कतारका तर्फबाट इन्ज्युरी समयको छैटौँ मिनेटमा हसन अल हेयदसले गोल गरेका थिए।
४९औँ मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गर्दै आक्राम अफिफले गरेका गोल नै कतारको जितका लागि निर्णायक भयो।
यसैबीच एसियन कपमा आज दुई प्रि क्वाटरफाइनलका खेल हुनेछन्।
नेपाली समयानुसार साँझ ५:१५ बजे उज्वेकिस्तान र थाइल्यान्ड भिड्ने भएका हुन्।
यस्तै राति ९:४५ बजे साउदी अरेबिया र दक्षिण कोरिया प्रतिस्पर्धा गर्दै छन्।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend