Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई गोलको अग्रता गुमाउँदै बराबरीमा रोकियो पीएसजी


    सोमबार, माघ १५ २०८०
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई गोलको अग्रता गुमाउँदै साबिक विजेता पेरिस सेन्ट जर्मेन ब्रेस्टसँग बराबरीमा रोकिएको छ । लिग वान अन्तरगतको खेलमा टोली २–२ को बराबरी खेल्न बाध्य बनेको हो ।

    मार्को असेन्सियो र रान्डाल कोलो मुआनीको गोलको मद्दतले लुइस एनरिकेको टोलीले खेलमा अग्रता लिएको थियो । तर दोस्रो हाफमा महदी कामारा र म्याथियस परेराले गोल गर्दै ब्रेस्टका लागि एक अङ्क बटुले ।

    उता पीएसजीका फरवार्ड ब्राड्ली बारकोलाले खेलको अन्त्यतिर रातो कार्ड पाएका थिए । बराबरीका बाबजुद टोलीले शीर्ष स्थानमा ६ अङ्कको अग्रता कायम राखेको छ । १९ खेलबाट पीएसजीको ४४ अङ्क रहेको छ । शनिबार मेट्जलाई हराएको निस ३८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार